देशभर माघे सक्रान्ति पर्व मनाइँदै

आज माघ १ गते अर्थात् माघे सक्रान्ति, देशभर मनाइँदैछ । थारू र किरात समुदायले नयाँ वर्षका रूपमा पनि यस पर्वलाई मनाउँदैछन् ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।

यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

मकर सक्रान्तिका दिन ‘मकर नुहाउने’ रूपमा पनि लिइन्छ । यस दिन अनिवार्य नुहाउनुपर्ने मान्यता पनि रहेको छ ।

माघे सक्रान्तिका दिन तरुल, गिठा, भ्याकुर जस्ता खानेकुरा खाइन्छ । त्यस्तै चाकु, शखर, सेलरोटी जस्ता मिठो भोजन खाने प्रचलन रहेको छ ।

SHARE