आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । आज मलेसियामा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमात्र जोड्न सकेको हो ।
सुपर सिक्समा पुग्न जित्नुपर्ने दबाबमा रहेको नेपालको ब्याट आज पनि राम्रो चल्न सकेन ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलको सामना गर्दै क्याच आउट हुन पुगिन् । त्यस्तै सावित्री धामीले १० रन जोडिन् । यी दुई ब्याटरले बाहेक अन्य कसैले पनि दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् ।
नेपाललाई सुपर सिक्समा पुग्न यो खेल जित्नुपर्ने दबाबमा नेपाल रहेको छ ।