स्वास्थय पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनबाट भीषा काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट हेल्थ आवाज अनलाइनका कार्यकारी सम्पादक भीषा काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना विजयी भएका छन् भने अर्को पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।\
त्यसैगरी महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन्।
सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
प्रवास संयोजकमा तुलसा घिमिरे निर्विरोध भइन् ।
अधिवेशनबाट लुम्बिनी प्रदेश संयोजकमा बासुदेव न्यौपाने, वागमती प्रदेश संयोजकमा वीरबहादुर तामाङ, गण्डकी प्रदेश संयोजकमा मोहसिन अलि मिया निर्वाचित भएका छन्।