आज सहिद दिवस मनाइँदैछ । विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा दिवस मनाइँदैछ ।
दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा सहिद दिवस मनाउने निर्णय गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार सहिद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारको तर्फबाट आज सहिदगेटमा सहिदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने छ ।
त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन् ।










