अभिनेता विल्सनविक्रम राई (तक्मे बुढा) चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएका छन् । केदार घिमिरेको मुख्य भूमिका रहने फिल्ममा उनी अनुबन्धित भएका हुन् ।
निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै फिल्म ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो ।
राईलाई ‘मेरी बास्सै’ मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए। विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रूपमा मान्ने गरेका छन्।
ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै वर्षा शिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पक्का भइसकेका छन्।