अण्डाको मूल्य वृद्धि गर्ने उत्पादकहरूले निर्णय गरेका छन् । मंगलबारदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो ।
उत्पादकहरूको बैठकले अण्डको भाउ बढाउने निर्णय गरेको हो ।
बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
अध्यक्ष पोखरेलका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ।
भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ।
यो किसानले पाउने मूल्य हो।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ।










