शीतलनिवासमा नयाँ प्रधानमन्त्री स्वागतको तयारी

काठमाडौँ । नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयका कर्मचारीलाई शीतलनिवासले निर्देशन दिएको छ।

जेनजीको मागअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपति बीच सहमति भएपछि स्वागत तयारी सुरु गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति कांग्रेसका पूर्णबहादुर खड्का, गगन थापा र माओवादी अध्यक्ष प्रचण्डसहितका नेतासँग परामर्श गरेका थिए।

तर, प्रतिनिधिसभा सदस्य नभएकी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अझै कानुनविदसँग छलफलमा रहेको स्रोतले जनाएको छ।

SHARE