नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । आज सचिवालय बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको बताइएको छ ।
बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका विषयमा छलफल हुनेछन् ।