राजधानी काठमाडौंको थापाली चोकमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध भएको छ । आज बिहानै मेलम्चीको पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ ।
बाढी आएपछि सडक अवरुद्ध बनेको हो ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भिक अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।
बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।