सोमबार राति साढे १० बजे भूकम्पको धक्का

सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । खोटाङको कुभिण्डेलाई केन्द्रविन्दु बनाएर राति १० बजेर ३२ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट के कस्तो क्षति भयो वा भएन विवरण आउन बाँकी छ ।

एक महिनाको बिचमा ४ तथा सोभन्दा बढी म्याग्निच्युडको भूकम्प गएको यो तेस्रो पटक हो । यसअघि असोज ६ गते बैतडी केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प महसुस भएको थियो ।

त्यस्तै असोज २ गते बझाङ केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

SHARE