चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीयता र गणतन्त्रको विरुद्धमा चलखेल भइरहेको भन्दै मोर्चाले विरोध प्रदर्शन गर्न लागेको हो ।

मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

‘२०८१ चैत १५ गते ९शुक्रवार० का दिन काठमाडौंमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ’, मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सभामा सहभागी भई समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।’

SHARE