नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्तीमा परेका कुलमान घिसिङले राजनीतिमा आउने सङ्केत गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफू जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
‘म एउटा जिम्मेवार नागरिक । म अब कर्मचारी भइन’, उनले भने, ‘जिम्मेवार नागरिक भएको हिसाबले देशको हितको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु ।’
घिसिङले राजनीतिक दल वा राजनीतिमा आउने मोडालिटी बारे भने प्रष्ट बताएनन् ।










