भाइटीकाको उल्लाससँगै देशभर सफा मौसम, भेटघाट र टीका लगाउन अनुकूल वातावरण

काठमाडौं । मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि देशभर मुख्यतया सफा मौसम रहनेछ। बिहीबार दिउँसो अधिकांश भू–भागमा घाम लाग्ने र केवल पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशका अधिकांश भागमा आंशिकदेखि सफा मौसम रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।ह

SHARE