पर्यटकीय नगरी जिरीको खावाडाँडामा आकर्षक ´जिरी प्रवेशद्वार` बन्दै

नविन सुनुवार

(जिरी) दोलखा – दोलखाको जिरी नगरपालिका स्थित खावाडाँडामा आकर्षक प्रवेशद्वार निर्माण हुने भएको छ ।

बागमती प्रदेश सभाका सदस्य माननीय उर्मिला सुनुवारको बिशेष पहलमा बागमती प्रदेश सरकारद्वारा बिनियोजित रु १५ लाख बजेट मार्फत आकर्षक जिरी प्रवेशद्वार निर्माण हुन लागेको हो ।

आजबाट निर्माणकार्य सुरु गरिएको उक्त प्रवेशद्वारको आर्थिक बर्ष ८१/८२ को असार मसान्त भित्रनै निर्माण सम्पन्न गरिने उपभोक्त समितिका सचिब नुर्बु शेर्पाले बताए । प्रवेश गेटले जिरीको सुन्दरता थप्नुका साथै पर्यटकलाई आकर्षण गर्न सक्ने अपेक्षा गरिएको पनि उहाँको भनाई छ ।

नगरपालिकाको सिमा क्षेत्रमा ब्यबस्थित गेटको निर्माण हुन नसक्दा बिगतमा आफुहरुले धेरै समस्या भोग्नु परेको र अहिले नयाँ डिजाइनका साथ ब्यबस्थित जिरी प्रवेशद्वार निर्माण हुने भएपछी आफुमा छुट्टै खुशिको उर्जा मिलेको प्रदेश संसद उर्मिला सुनुवारको स्वकीय सचिब लुक छिरी शेर्पाले बताए ।

प्रवेशद्वारलाई थप ब्यबस्थित बनाउन अझै स्थानिय तह, प्रदेश र संघमा समेत पहल गरिने शेर्पाको भनाइ छ ।

SHARE