घट्यो सुन–चाँदीको भाउ

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँ पुगेको थियो।  यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार पाँच रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

SHARE