नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र)दोलखा काठमाडौ सम्पर्क समन्वय समितिको पूर्ण बैठक रोयल जडिबुटी बैंकुटमा सम्पन्न भएको छ ।
बैठकमा दोलखा काठमाडौ सम्पर्क समन्वय समितिले आगामी जेठ ३१ गते भव्य अधिबेशन तथा सभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त अधिबेशनलाई भव्य र सभ्य बनाउनको लागि सबै सहिद , बेपत्ता परीवार, बुद्धिजिवी, समाजसेवी,नेता, कार्यकर्ता लगायत सम्पुर्णलाई उपस्थितीको लागि आह्वान गर्ने समेत बताईएको छ ।
बैठकमा दोलखा काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष हरि फुयालले समसामयिक राजनितिक विषय तथा पार्टीले आयोजना गरेको अधिबेशनलाई सफल पार्न सबै कार्य समितिका पदाधिकारी आम पार्टी पङ्ति लाग्नलाई अनुरोध गर्नुभएको थियो ।
बैठकमा दोलखा काठमाडौ सम्पर्क समन्वय समितिका कार्य समितिका पदाधिकारीहरुले आ-आफ्नो राय समेत प्रस्तुत गरेका थियो ।
बैठक दोलखा काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष हरि फुयालको अध्यक्षतामा सम्पन्न भएको थियो ।