काठमाडौँ । नेपाली सेनाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेनाबारे फैलिरहेका भ्रामक समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी विज्ञप्तिमा सेनाले आधिकारिक सूचना केवल प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत प्रकाशित हुने बताएको छ।
साथै, आवश्यक परे जनसम्पर्क निर्देशनालय वा स्थानीय पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिने जानकारी दिएको छ।











