संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिनेछन्।यस्तै, आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

SHARE