काठमाडौं । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा प्रर्दशनको तयारीमा निर्माण पक्ष जुटिरहेका छन । उक्त चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विहान ठिक ११ः३० बजे बाट सो सुरु हुने चलचित्रको नायक तथा निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएका छन ।
लोसाङ लामा र इकेश लामाको संयुक्त लगानिमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ लाई हुत्त सञ्जय लामाले निर्देशन गरेका छन भने चलचित्रको कथा लेखन पटकथा निर्देशक हुत्त सञ्जय लामाको रहेको छ । त्यसै गरि द्धन्द राजु दोङ तामाङ, नृत्य हुत्त सञ्जय लामाले गराएका छन भने संगीत अर्पण थिङ र विशाल योञ्जनको रहेको छ । चलचित्रको गीतमा अर्पण थिङ ,बबिता पाख्रीन, लमु शेर्पा लगायतका गायक गायिकाले आवाज दिएका छन ।
चलचित्रमा नायक हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राज कुमार स्याङ्तान, सगिता बोम्जन, भुइशल लामा, माया देबि मोक्तान ,मिलन स्याङ्तान,हिरोज लोप्चन, राज कुमार बल, राम तामाङ, हिरा बाहादुर तामाङ,दिपेश मोक्तान, जगत बाहादुर मोक्तान,अनिल ब्लोन, गोकुल तामाङ, बिक्रम लामा, रितु लामा ,लोक लामा, सिङ्ग बाहादुर मोक्तान, भिम बाहादुर पर्खाइ मोक्तान, राज कुमार ब्लोन, सिङ्ग वीर बल, फुर्ब बल ,मोनिका सिङ्तान, बाल कलाकारहरुमा कर्म लामा, छेवङ मोक्तान ,अरुना डिम्डुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को प्रज्वल राउतको छायांकन मेक बाहादुर थापाले सम्पादन गरेका छन।
यस अघि मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा निर्माण गरिएको क्राबा ङाला सेम, सेमरिन मुला माया,दारबुङ जस्ता चलचित्र दर्शकले अत्याधिक मात्रमा रुचाइएका थिए ।










