तामाङ चलचित्र संघ बागमती प्रदेशको चौथो साधारण सभा, चलचित्र ‘अभियान’ को विशेष प्रदर्शनी, श्रष्टा सम्मान  तथा सांस्कृतिक कार्यक्रम २०८२ को तयारी अन्तिम चरणमा

काठमाडौँ । तामाङ चलचित्र संघ बागमती प्रदेशले आयोजना गर्न लागेको चौथो साधारण सभा, चलचित्र ‘अभियान’ को विशेष प्रदर्शनी, श्रष्टा सम्मान  तथा सांस्कृतिक कार्यक्रम २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ।

तामाङ चलचित्र संघ बागमती प्रदेशको चौथो साधारण सभा, चलचित्र ‘अभियान’ को विशेष प्रदर्शनी, श्रष्टा सम्मान  तथा सांस्कृतिक कार्यक्रम २०८२ यहि साउन १० गते सनिबार नेपाल चलचित्र बिकाश बोर्डको हल चाबहिल काठमाडौंमा भव्य रूपमा संघको हालसम्मकै महत्वपूर्ण सांस्कृतिक तथा संगठनात्मक गतिविधि प्रस्तुत हुने तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष दावा फिन्जो तामाङले खुल्लापत्रलाई  जानकारी दिए ।

संघको आन्तरिक संगठन सुदृढीकरण, आर्थिक प्रतिवेदन प्रस्तुत, कार्यसमितिको प्रतिवेदन र नयाँ नेतृत्व चयनजस्ता विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। यो सभा संगठनको भावी मार्गचित्र तय गर्ने निर्णायक मञ्च बन्नेछ।

संघको सांस्कृतिक पहिचान प्रवर्द्धनको अभियानस्वरूप तामाङ भाषा तथा समाजमाथि आधारित सन्देशमूलक चलचित्र ‘अभियान’ को विशेष प्रदर्शन समेत गरिनेछ। चलचित्रले तामाङ समुदायको संघर्ष, चेतना र पहिचान विषयलाई समेटेको छ।

तामाङ चलचित्र तथा समाजको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न विधाका अभियन्ताहरूलाई यस वर्षको “श्रष्टा सम्मान २०८२” बाट सम्मानित गरिनेछ। यस सम्मानले प्रतिभा, मेहनत र सामाजिक चेतनाको कदर गर्ने उद्देश्य राखेको आयोजकले दिएका छन्।

SHARE