काठमाडौं । गायक राजु राइ र संगीता मगरको स्वरमा नयाँ गीत ‘अधुरो हुन्छ’ सार्वजनिक भएको छ । गीतमा शब्द अकेन्द्र भुलले लेखेका छन् भने संगीत खेम सारु मगरले गरेका छन् । गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका हुन् ।
रोमान्टिक भावभूमिमा तयार भएको यस गीतको भिडियोमा राजु राइ र पुनम लक्ष्मी मगरले अभिनय गरेका छन् । भिडियोको छायांकन कुन्दन चन्दले गरेका हुन् भने सम्पादन कालपेस बिस्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भुपेन्द्र राखिम मगरले गरेका छन् ।
यस आकर्षक प्रस्तुति सहितको गीत भिडियो राजु राइको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।