नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाल नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल आज आधिकारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ ले दुलाललाई स्वागत गरेका हुन्।

दुलालले एमालेबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न असम्भव भएको र सबै कम्युनिष्ट शक्तिको एकता आजको आवश्यकता भएको बताउँदै नेकपामा प्रवेश गरेका हुन्। दुई कार्यकाल एमाले दोलखा सचिव बनेका तथा दुई पटक अध्यक्ष पदका उम्मेद्वार रहेका दुलाल दोलखामा प्रभावशाली नेता मानिन्छन्।

२०७४ मा शैलुङ गाउँपालिकाका अध्यक्ष भारी मतले विजयी भएका दुलालको विकास–निर्माणका कामहरूको अहिले पनि चर्चा हुने गर्छ।  पार्टी प्रवेश कार्यक्रममा बागमतीका पूर्वमन्त्री विशाल खड्का, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल सहितका नेताहरू उपस्थित थिए।

SHARE