सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७५ रुपैयाँमा झरेको छ ।
SHARE