किरात राई बान्तावा खिमको नेतृत्वमा पुनः किराती

किरात राई बान्तावा खिमको अध्यक्षमा पुनः ज्ञान किराती निर्वाचित भएका छन् । शुक्रबार इटहरीमा सम्पन्न बान्तावा खिमको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः किरातीकै नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

राति अबेरसम्म चलेको बन्दसत्रबाट किराती सर्वसम्मत नेतृत्वमा पुनः दोहोरिएका हुन् । उनी २०७५ सालदेखि निरन्तर खिमको नेतृत्वमा रहेका छन् ।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा जितुमान राई सर्वसम्मत निर्वाचति भएका छन् भने महासचिवमा रिता राई राराहाङ चुनिएकी छन् । त्यस्तै सचिवमा रामप्रसाद राई (दियाम) र कोषाध्यक्षमा सृजनशरण राई चयन भएका छन् ।

सदस्यहरुमा भक्तबहादुर राई, ओमप्रकाश राई र सुशिल राई चयन भए । त्यस्तै अन्य सदस्यहरुमा मणिराम राई, विमसा राई, नारायणप्रसाद राई, राजकुमार राई र रामप्रसाद विराहाङ राई चयन भए ।

समितिले एक उपाध्यक्ष र एक सचिव मानोनित गर्नेछ । साथै बाँकी सदस्यसमेत कार्यसमितिले मनोनित गर्नेछ ।

SHARE