देशभर आंशिक बदली, केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तर, देशका अधिकांश भागमा वर्षाको सम्भावना न्यून रहेको बताइएको छ। आज राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

भोलि पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तर अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्यतया सफा मौसम रहनेछ। विभागले तापक्रममा सामान्य वृद्धि हुने अनुमान गर्दै दैनिक कार्यमा सामान्य प्रभाव पर्ने गरी मौसम सामान्य रहने जानकारी दिएको छ।

SHARE