जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ११८ रन बनाएको हो ।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए । त्यस्तै ओपनिङ गरेका देव खनालले २४ रनको योगदान गरे । विलियम बासिस्टोले १४ र जिसान मक्सुदले १२ रन जोडे ।
जनकपुरका लागि मोहम्मद मोशिनले २ र ललितनारायण राजवंशीले पनि समान २ विकेट लिए । त्यस्तै जेम्स निसमले २ विकेट हात पारे ।
फाइनल प्रवेशका लागि भइरहेको खेलमा जित हात पार्ने टोलीले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ ।
सुदूरपश्चिमले जनकपुरलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जनकपुरले हार व्यहोरेसँगै इलिमिनेटरको विजेता कर्णालीसँग फाइनल प्रवेशका लागि खेल्नुपरेको हो ।










