सुपरहिट फिल्म ‘१२ गाउँ’ अब ओटिटीमा

गत वर्ष बडादसैंमा रिलिज भई करिब २० करोड कमाइ गरेको फिल्म ‘१२ गाउँ’ अब ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक भएको छ। लक्ष्मीपूजाको अवसरमा रिलिज गरिएको फिल्म दर्शकहरूले २९९ रूपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन्।

फिल्मलाई सिनेमाघर एप (Google Play, App Store, Android TV, Fire TV, Samsung TV, LG WebOS) वा वेब ब्राउजरबाट हेर्न सकिन्छ।

विराज भट्टको निर्देशनमा बनेको फिल्मबाट उनका छोरा समीर भट्टले डेब्यु गरेका हुन्। फिल्ममा न्यान्सी खड्का, दीया मास्के, अर्जुनजंग शाही लगायतको अभिनय छ। कथा विराज स्वयंको हो भने पटकथा सन्तोष सरकारले लेखेका हुन्।

‘सिनेमाघर’ले यसअघि पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली लगायतका नेपाली फिल्महरू पनि स्ट्रिमिङ गर्दै आएको छ।

SHARE