प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जना पक्राउ

प्रहरी जवान उत्तम थापा हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई धुम्बाराहीबाट पक्राउ गरेको हो।

गत भदौ २४ गते आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा आगजनीसँगै प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो।

यसअघि प्रहरीले थापा हत्यामा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा, र राय हत्यामा युवराज क्यापछाकी र सोनाम बुद्धिलाललाई पक्राउ गरी थुनामा पठाइसकेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान जारी छ।

SHARE