जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
शुक्रबार देशका अधिकांश भू–भागमा मौसम सामान्य रहँदै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
राति पनि यिनै क्षेत्रहरूमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।










