स्थानीय तहका खाली रहेका ४१ पदका लागि आज उपनिर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान मतदान भइरहेको छ ।
उप निर्वाचन भएका स्थानका कुल मतदाता संख्या दुई लाख २६ हजार ७९९ जनाले रहेको आयोगले जानकारी दिएको छ ।
विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।










