महाधिवेशन प्रतिनिधि शुल्क १ हजारमै सीमित गर्न एमाले संगठन विभागको निर्देशन

नेकपा (एमाले) केन्द्रीय संगठन विभागले महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क बढीमा १ हजार रुपैयाँ मात्र तोक्न निर्देशन दिएको छ। नुवाकोटलगायत केही जिल्लाले आफूखुसी १० हजारसम्म शुल्क लिने निर्णय गरेपछि सो निर्देशन जारी गरिएको हो।

सोमबार भएको भर्चुअल बैठकले निर्वाचन प्रक्रियामा प्रवेशअघि अन्तिम मतदाता–सूची अनिवार्य रूपमा प्रकाशित गर्न तथा सोको संख्या तत्क्षण संगठन विभागमा पठाउन भनेको छ।

मंसिर १२ गतेसम्म सहमतिको प्रयास गर्न, सहमति नजुटे मंसिर १३ भित्र मतदानबाटै प्रतिनिधि टुंग्याउन पनि निर्देशन गरिएको छ। विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार व्यवस्थापनमा तोकिएका सबै नेताहरूले समयमै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ।

SHARE