काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ।
सिनामंगलस्थित केएमसी अस्पतालमा करिब एक महिनादेखि उपचाररत आलमको गएराति २:५९ बजे निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
मिर्गौला र उच्च रक्तचापका बिरामी आलमलाई जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि मस्तिष्काघात भएको थियो। त्यसयता उनी निरन्तर उपचारमा थिए।
२०५४ सालमा श्रम राज्यमन्त्री बनेका आलमले त्यसपछि वन, स्थानीय विकास र भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका उनी पछि श्रम तथा यातायात मन्त्री पनि बनेका थिए।
२०६४ सालमा रौतहटमा भएको बम विस्फोट र इँटाभट्टा जलाउने घटनामा संलग्नताको आरोप उनको राजनीतिक जीवनमा ठूलो विवाद बनेको थियो।










