काठमाडौँ : चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक र सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना कलाकार, निर्माता, निर्देशक र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार–२०८२’ प्रदान गरेको छ।
चाबहिलस्थित बोर्ड परिसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख अतिथिको रूपमा सहभागी हुँदै सम्मानित व्यक्तिहरूलाई रु २९ हजार नगद र सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
सम्मानितमध्ये शिव श्रेष्ठ, सबिता गुरुङ, यस कुमार, युवराज लामा, नाजिर हुसेन, अन्जु पन्त लगायतका कलाकार तथा प्राविधिकहरू रहेका छन्।











