त्रिकोणात्मक महिला टि–२० अन्तराष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा पनि नेपाल नेदरल्यान्डविरुद्ध पराजित भएको छ । १४१ रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटिएको हो ।
यो हारसँगै तेस्रो खेलपछि पनि नेपाल अंकबिहीन भएको छ ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन जोडिन् । त्यस्तै सम्झना खड्काले २३ र पूजा महतोले १८ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि कप्तान बेबिटे डे लिडेले ४१ तथा हिथर सिगर्सले २६ रन बनाए ।
नेपालका लागि सीता रानामगरले ५ विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले २ विकेट हात पारिन् ।
नेपालले यसअघि लगातार दुई हार व्यहोरेको थियो । नेदरल्यान्डसँग पहिलो खेलमा २० रनले पराजित नेपाल शनिबारको खेलमा पनि थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।