एनपिएल: काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आज कीर्तिपुरमा आमनेसामने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे भिड्दै छन्।

प्रतियोगितामा काठमाडौंले उद्घाटन खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ, भने सुदूरपश्चिमको यो पहिलो खेल हो। काठमाडौंको नेतृत्व करण केसीले गरिरहेका छन् भने टोलीमा विदेशी तथा घरेलु खेलाडीको मजबूत संयोजन छ।

सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्र सिंह ऐरीले कप्तानी गर्दै छन्। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुने जनाइएको छ।

SHARE