काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
अधिवेशनले भुपेन्द्र रिखाम मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा पुष्पाञ्जली तिलिम लिम्बू, सुहिमता गुरुङ र सुन्जित माझी चयन भएका छन्।
यसैगरी महासचिवमा नेत्रबहादुर भुजेल, सचिवमा मनिका सिङ्तान तामाङ, सह–सचिवमा बालकुमार राई तथा सह–कोषाध्यक्षमा गोपाल पुन मगर निर्वाचित भएका छन्।
सदस्यहरूमा बिमला भुजेल, भावना भुजेल, सुमित्रा बुढा मगर, ममता माझी र राजु राई चयन भएका छन्।
नव निर्वाचित कार्यसमितिले आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।










