बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। तर आवश्यक छुट पुर्जी नआएकाले उनी आज होइन, भोलि मात्र रिहा हुने भएका छन्।
नख्खु कारागार पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालका अनुसार जिल्ला अदालतबाट छुट पुर्जी भोलि मात्र आउने भएकाले रवि लामिछानेले भोलि भैरहवामा पुगेर प्रक्रिया पूरा गर्नेछन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासबाट लामिछानेलाई बिगो बमोजिमको धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो। अदालतले धरौटीमा छाड्दा विभिन्न सर्तसमेत तोकेको जनाएको छ।










