प्युठानमा जिप दुर्घटना : सात जना घाइते

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउराली नजिक बुधबार साँझ जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

बिजुवारबाट दाङवाङतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १३ जना सवार रहेका थिए।

दुर्घटनामा घाइते भएका सात जनालाई उपचारका लागि बिजुवार पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।