२८५४ सोनम ल्होछारको पावन अबसरमा बृहत सास्कृतिक कार्यक्रम

२८५४ सोनम ल्होछारको पावन अबसरमा म्यागङ गाउँपालिक ४ किमताङ युवा समाज नुवाकोटको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने,

महा सचिब ने. अ. बौ. ध. बि. शा. च. संघ प्रेम दोर्जे बल लामाको प्रमुख अतिथि रहने धार्मिक तथा संस्कृतिक कार्यक्रममा प्रमुख अतिथी प्रेम दोर्जे बल लामा ज्यु लगायेद थुप्रै लामागुरु ज्यु हरुबाट बौद्ध धार्मिक बिधिबाट पुजा पाठ गरि मोलम वाङ प्रदान गरि विभिन्न अतिथी कलाकारहरुको साथमा किम्ताङकै संगीतिक परिचय बोकेको ल्हाई ब्योन समुहको साथमा थुप्रै स्थानीय कलाकारहरुको उपस्थिति रहने खबरले छुट्टै रौनकता लेउने सङयोजक चक्र पाख्रीन र सोम बा. तामाङले बताउनु भयो,

सो कार्यक्रममा अथिती कलकारहरु
~ मिना लामा, सुमित्रा लामा, सुबाश पाख्रीन, अमृता तामाङ, बिस्वो पासा, मिना पाख्रीन र हास्य कलाकार बिक्कल लामाको बेजोड प्रस्तुती रहने भयेकोछ,
कार्यक्रमलाई प्रायोजन गर्नुहुने संघ र सस्थाहरु ~ सि. पि. यन. कन्स्ट्रक्सन एण्ड सप्लायर्स, किम्ताङ मिनि ट्रक व्यवासायी, होटेल याङरा, श्री मोइतेत बौद्ध गुम्बा, श्री सङगे होइसेर मणि वङफेलिङ बौद्ध गुम्बा, श्री हिस्सेवाङ देछेनलिङ बौद्ध गुम्बा, श्री प्रुम्थाङ बौद्ध गुम्बा, श्री सङक देछेनलिङ बौद्ध गुम्बा, श्री शाहीद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्था, तामाङ सप्लायर्स. प्रो. चिजा तामाङले गर्नु भएको छ!

सैलुङ अनलाइन, तामाङ आवाज, जिग्मे मिडिया, तामसालिङ डट टिभी, नम्सादिम, र त्रिशुली टिभी, मिडिया पार्टनर रहेको सो कार्यक्रमलाई तोयेनाथ घलेले सन्चालन गर्ने भयेको छ,
एस ल्होछर बिशेश धार्मिक तथा सस्कृतिक कार्यक्रमले किम्ताङको परम्परा र सस्कृतिमा छुट्टै टेवा पुगिरहेको सबैतिर सर्बबितित नै रहेको छ,

SHARE