शुकुमाया फाउन्डेसन को पहिलो बार्षिकोत्सव सम्पन्न बिधार्थिहरुलाई झोला र कपी वितरण

 काठमाण्डौ,१७ चैत्र । शुकुमाया फाउडेशनले जोरपाटी बेसिगाउँ स्थित प्रक्रितिनगर मा रहेको  सहयोगी समाज नेपाल मा अध्यायनरत १३ जना बालबालिकालाई कपी,कलम र ब्याग सहयोग गरेको छ । 
समाजसेवाको क्षेत्रमा छोटो समयमा नै  आफ्नो अलगै पहिचान बनाउन सफल सुकुमाया फाउन्डेसन ले आफ्नो पहिलो बार्षिक उत्सब सफलतापुर्वक सम्पन्न गरेको छ । फाउण्डेशनले आफ्नो पहिलो वार्षिक उत्सबको अबसर पारेर विद्यार्थी बालबालिकालाई स्टेशनरी सामान सहयोग गरेको हो । शुकुमाया फाउण्डेशनले आफ्नो वार्षिक उत्सबको अबसरमा विद्यार्थी वालबालिका संग सामुहिक रुपमा केक काटेर रमाईलो समेत गरेको थियो । उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शुकुमाया मोक्तान,उपाध्यक्ष जनक तामाङ,सचिब पुस्पा खड्का   संगै कोषाध्यक्ष चन्द्र तामङ लगायत सस्थाका सम्पूर्ण सदस्यहरुको  सहभागिाता रहेको थियो ।
एक बर्सको अन्तरालमा सुकुमाया फाउन्डेसन ले समाजसेवाको क्षेत्रमा धेरै योगदान गरेको उल्लेख गर्दै सुकुमाया फाउन्डेसनको सस्थापक अध्यक्ष सुकुमाया ले यसरि नै निरन्तर रुपमा समाजसेवामा सदैव लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु हुदै यस सस्था मार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मन हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो
यस संसथाले समाजमा रहेका गरीब बालबालिका,असाहय बृद्धाबृद्धहरुलाई सहयोग गर्दै आईरहेको छ ।
 
SHARE