कम्युनिष्टले चाहे मुलुक राष्ट्रपतिय प्रणालीमा : उपेन्द्र यादव

पोखरा,  २८  जेठ

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टीले चाहे राष्ट्रपतिय प्रणालीमा मुलुक जाने बताउनुभएको छ ।

संघीय प्रेस फोरमद्धारा शनिवार पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी विच दुइ बुँदे सहमतिका अनुसार फोरम सरकारमा सहभागीताले दुइतिहाई बहुमत पुगेको छ, कम्युनिष्टले चाहेमा संविधान संशोधन गरी मुलुक राष्ट्रपतिय प्रणालीमा जाने बताउनुभयो।

वेस्ट मिनिस्ट्री मोडेल नेपालका लागि उपयुक्त छैन भन्नुहुदै राष्ट्रपतिय प्रणालीमा लोकतन्त्र समाप्त नभई लोकतन्त्र, गणतन्त्र अझ दरिलो हुने दावी गर्नुभयो। हाम्रो पार्टी जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति, समावेशी चरित्रको संसदको पक्षमा नै हो भन्नुहुदै राष्ट्रपतिले सरकार हाँक्छ, संसदले ऐन, कानुन बनाएर मुलुक अघि बढ्ने बताउनुभयो।

फोरम सरकारमा संघीय गणतन्त्र संस्थागत गर्न, संविधान निर्माणका क्रमका भएका कमिकमजोरी त्रुटिलाई संशोधन गरी सच्चाउदै अघि वढ्ने, राजनीतिक स्थिरता कायम गरी मुलुकमा आर्थिक विकास र समृद्धिलाई अघि बढाउन हो उहाँमो भनाई थियो। हामी सरकारमा सहभागी भए पनि दुइतिहाई बढीको सरकार बनेको छ, संविधान संशोधन गरी आन्दोलनको उपलब्धि संस्थागत र संविधानका त्रुटिहरु सच्चाउदै अधिकार सुनिश्चित गर्दै जनताको सरोकार विषयहरुलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पहिचानका लागि लामो लडाईमा रहनुभएका तपाई सत्तारोहण पश्चात पहिचानको आन्दोलन के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले पहिचानको मुद्धा अघि बढाउन कै लागि सत्तामा सहभागी हो, अलपत्र पार्न होइन भन्नुभयो। हामी पहिचानमा आधारित संघीयताकै लागि अघि बढिरहेका छौं, राज्य पुनंसंरचनाको आधारलाई आत्मसात गर्दै नेपालमा १०+१ प्रदेश नै बैज्ञानिक हुन्छ भन्नुहुदै उहाँले पहिचानको मुद्धा छोड्ने कुरा हुदैन, दोहोर्याउनुभयो। पहिचान, जातिय विभेद, वर्गिय विभेद, क्षेत्रीय, लैंगिक लगाएतको विभेद अन्त्य नभई कसरी मुलुक अघि बढ्छ, उहाँको प्रश्न थियो।

संघीय सरकारमा फोरमको सहभागीताले २ नं. प्रदेशको सत्ता समिकरण टुट्दै हो भन्ने प्रश्नमा अध्यक्ष यादवले २ नं. प्रदेश सरमारमा हाम्रो र राजपाको सहकार्य निरन्तर रहन्छ, प्रदेश सरकार टुट्दैन भन्नुहुदै प्रदेश र संघीय सरकारको सहमति अलग अलग भएको बताउनुभयो।

फोरम सरकारमा सहभागीसँगै नेकपासँग पार्टी एकताको हल्ला के हो भन्ने पत्रकारको जिज्ञासामा एकता हल्ला, हल्ला नै हो भन्नुभयो। कम्युनिष्ट पार्टीको नामको साइनबोर्डसँग एकिकरण संभावना छैन भन्नुहुदै हामी समाजवादी हौं, समाजवादी लोकतान्त्रिक शक्ति सँग एकिकरण गर्न सकिने बताउनुभयो। समाजवादी सिद्धान्त, निती, लक्ष्य, उद्धेश्य मिल्नेसँग एकता गरेर अघि बढ्ने पार्टीले निर्णय गरिसकेको उहाँले बताउनुभयो।

उपप्रधान, स्वाथ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएको यादवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पश्चिम नेपालको मेडिकल हबको रुपमा विकास गर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा जटिलता र अप्ठ्यारा धेरै भए पनि हल गर्दै जनतालाई गुणात्मक स्वास्थ्य सेवा सुविधा दिने बताउनुभयो। स्वास्थ्य बिमा सुरु भएको छ बिमा समिति बनाएर व्यवस्थित बनाएर जाने उहाँले बताउनुभयो।

SHARE