जावलाखेलस्थित सदर चिडियाखानामा ललितपुर महानगरपालिकाले सटल बसको व्यवस्था गर्ने

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन्।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए। त्यसैगरी मेयर महर्जनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिबद्धता व्यक्त गरे। धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो।

SHARE