विश्व बैंकले दुई परियोजनामा २६ अर्ब ऋण सहयोग गर्ने

विश्व बैंकको कार्यकारी निर्देशक सम्मिलित बोर्ड बैठकले नेपालका दुई परियोजनामा २६ अर्ब ४० करोड रूपैयाँ (२० करोड अमेरिकी डलर) ऋण लगानी गर्ने भएको छ।

विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फेरिस हदाद जभसले भने, ‘सेवा र पूर्वाधारको क्षेत्रमार्फत् हाम्रा यी नयाँ परियोजनाहरूले यहाँका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउनेछ।’कुल सहयोगमध्ये १३ अर्ब २० करोड रूपैयाँ ऋण यहाँको राजस्व संकलनमा सुधार ल्याउन, ऋण व्यवस्थापनमा पारदर्शीता वृद्धि गर्नलगायतका प्रयोग हुनेछ।

यो रकम प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया स्वचालिन बनाउनमा समेत प्रयोग हुने भएको छ। त्यस्तै, १३ अर्ब २० करोड रूपैयाँ ऋण भने प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रममा खर्चिनेछ। यसले नेपालमा सेवा प्रवाहमा प्रभावकारीता आउने, स्थानीय समुदायहरूको बजारमा सहज पहुँच पुग्ने र केही निश्चित प्रादेशिक सडक तथा पुलको भारवहन क्षमता विस्तारमा सहयोग पुग्ने विश्व बैंकले उल्लेख गरेको छ।

SHARE