भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउन अभियान सुरु

भक्तपुरलाई ‘सडक मानव’मुक्त बनाउने अभियान सुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो ।

साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका परिवार एवं घरबारविहीन, अनाथ, असहाय मानवको उद्धार गरी आश्रममा आश्रय दिने र जिल्लालाई सडक मानवमुक्त बनाउने गरी अभियान सञ्चालन गरिएको अभियानकर्मी नवराज काफ्लेले बताए ।

SHARE