बर्दिया र पर्सा जिल्लाबाट अवैध लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् ।
यता पर्साको वीरगन्ज महानगरपालिका-१६ शंकरअचार्य गेटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगन्ज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।