जग्गा फिर्ता गर्न सहमत भएपछि छुटे ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना

ललिता निवास प्रकरणमा पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेका छन्। उनीहरूलाई बुधबार छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले जानकारी दिएको हो।

हामीलाई प्राप्त जानकारी अनुसार सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको र पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा सिआइबीले छाडेको हो।

खेतानको नाममा झन्डै ८ आना जग्गा छ। उक्त जग्गा फिर्ता गर्न तयार भएपछि उनलाई छाडिएको हो।

दुई जना छुटेपछि अब सिआइबीको हिरासतमा २० जना छन्।

SHARE