चीनको पूर्वी सानडोङ प्रान्तमा भुकम्प जाँदा २१ जना घाइते


आइतबार बिहान चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन्।

SHARE