सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं,  २३ साउन ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरेका थिए ।

सांसद भट्टराईले,प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, ‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ,  राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ? भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ ?

यी तमाम विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन । भन्दै सत्तापक्षका सांसदहरुले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ  भट्टराईले संसदमा ह्वीप नलगाई भोटिङ गर्न माग गरेका थिए ।

SHARE