सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २ चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको छ ।सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

उक्त अनुसन्धानका लागि दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।

SHARE