दाेलखाकाे वैत्यश्वर र तामाकोशी गाउँपालिकाकाे सिमाना गाेपीखाेलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

२६ शुक्रबार दाेलखा — दाेलखाकाे वैत्यश्वर र तामाकोशी गाउँपालिकाकाे सिमाना गाेपीखाेलामा यात्रुवाहक बस दुर्घटना हुँदा   २२ जना घाइते भएका छन् ।  वैत्यश्वर- १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेकाे बा २ ख ५४२९ नम्बरको काे यात्रुवाहक बस गाेपीखाेलामा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

उक्त बस शुक्रबार बिहान ९ बजेतिर अनियन्त्रित भएर बस सडकबाट २०  मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि दोलखाको सदरमुकाम चरिकाेट पठाएका थिए ।

घाइतेहरूकाे दोलखाकाे सदरमुकाम दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पताल चरिकाेटमा उपचार भइरहेकाे छ । भने केहीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

SHARE